राष्ट्र बैंक विदामा पनि खुल्ने


नेपाल राष्ट्र बैंकले दशैं विदाका दिनमा पनि सबै तथा वित्तीय संस्थाहरुलाई नोट उपलब्ध गराउने भएको छ । गभर्नर विजयनाथ भट्टराईले नोट संकट गहिरिदै गएपछि बिहीबार सबै वाणिज्य बैंकका प्रमुखहरुलाई बोलाएर गरेको छलफलपछि सो निर्णय लिइएको हो । यसअनुसार १२ वटा वाणिज्य बैंकहरुलाई थप १/१ करोड उपलब्ध गराइने छ भने १४ वटा वाणिज्य बैंकहरुलाई २/२ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

Popular Posts