आज हिन्दू महिलाहरुले परम्परागत हरितालिका अर्थात तीज पर्व मनाउँदैछन् । नेपाली महिलाहरूको महान चाड तीज पर्व समय अनुसार परिवर्तन हुँदैछ । समयसगै विभिन्न राजनीतिक पार्टी, तिनका भातृ सङ्गठन, विद्यालय, क्याम्पस, महिला सङ्घ संस्था, सरकारी निकाय, महिला समूहलगायतले सामूहिक दर खाने र खुवाउने, नाच्ने क्रम मुलुकका विभिन्न भागहरूसँगै उपत्यकामा बढेको छ । पहिला दर खाने दिन भनेर तीजको अघिल्लो दिन मात्रै खाने परिकारमा खीर प्रमुख थियो । महिलाहरू त्यसदिन राति १२, १ बजे उठेर समेत दर खाई भोलिपल्ट ब्रत बस्थे । तर समयसँगसँगै दरका परिकारमा पनि परिवर्तन आएको छ । साँस्कृतिक पक्ष परापूर्वकालमा महादेव स्व्ाामी पाउँ भनी पार्वतीले निराहार ब्रत बसेको र महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा विवाहित महिला आफ्नो श्रीमानको दीर्धायू तथा सुस्वास्थ्यको कामना गर्दै एव्म अविवाहिताहरू भ्ाने सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गरेका छन् । तीजको व्रत बसेको मध्यरातमा महादेवको पूजा गर्ने परम्परा रहिआएको छ । भारतीय हिन्दु महिलाहरूले पनि यस्तै कामना गर्दै तीज मनाउने गर्दछन् । भारतमा राजपुत क्षेत्री महिलाको बाहुल्यता रहे...