प्रचंड र तिनका वाई-स्याल प्रति समर्पित

प्रचंड र तिनका वाई-स्याल प्रति समर्पित

सरकार चलाउने ले नै सड़क आन्दोलन गरेको छ,
कही नभएको जात्रा हांडी गाउमा देखिएको छ

स्वयं प्रधान मंत्री निरीह छन,
मनोज पांडेको “ग्रेटर-नेपाल” प्रदर्सन गर्न नदिन
सूदको आदेशमा प्रहरी परिचालन गर्दा मरेको तिनको नेपाली रास्ट्रीयता,
तेहि सूदको गाली खादा पुन: बौरिएर आएको छ !

राजाका सेनाले खेददा चाहिएको मानब अधिकार र कानूनी राज्य,
आफु सरकारमा पुगेपछि तिनिलाई घाडो बनेको छ !

सरकार चलाउने ले नै सड़क आन्दोलन गरेको छ,
कही नभएको जात्रा हांडी गाउमा देखिएको छ !

By: Harke Merosansar

Comments

Popular Posts