विश्वकै सस्तो टाटा नानो कार



विश्वकै सस्तो टाटा नानो कार भारतमा सार्वजनिक गरिएको छ। एक लाख भारतीय रुपैयाँको यो कारले विकासशील देशका लाखौं मानिसको यातायात प्रवृतिमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। भारतको आर्थिक राजधानी मुम्बईमा आयोजित एक भव्य कार्यक्रममा नानो कार सार्वजनिक गरिएको थियो। यो कारको बिक्री भने भारतमा दश दिनपछि मात्रै शुरु हुनेछ।


Comments
Post a Comment
Give Your Comments