सुदुरपश्चिममा अखिल अगाडि, अखिल ६, नेविसंघ २ र क्रान्तिकारी १ स्थानमा विजयी

सुदुरपश्चिमका १४ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा ६ क्याम्पसमा अनेरास्ववियु, २ वटामा नेविसंघ र एउटा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। महेन्द्रनगरको शारदा विद्यापिठमा अखिल क्रान्तिकारीले गणना हुँदै गरेका २५ वटा मतपत्र च्यातेपछि विवाद भएको छ। विवादका कारण परिणाम घोषणा हुन सकेको छैन।
कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा नेविसंघ सभापति, सचिव र सदस्य गरी पाँच पदमा विजयी भएको छ। अखिल क्रान्तिकारीको उप-सभापति, सह-सचिव र सदस्य गरी चार पदमा तथा अनेरास्ववियुले कोषाध्यक्ष र एक सदस्यमा विजय हांसिल गरेको छ।
सभापतिमा नेविसंघका रोहितबहादुर चन्दले २ सय ४७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका चिरञ्जीवी उपाध्यायले २ सय २५ मत पाएका छन्। क्रान्तिकारीका लालबहादुर धामीले २ सय १८ मत पाएका छन्।
उप-सभापतिमा क्रान्तिकारीका बलराम अवस्थीले २ सय ४९ मत ल्याएर विजयी भए। सचिवमा नेविसंघका दीलिपसिंह भाटले ३ सय ३८ मत ल्याएर विजयी भए । सहसचिवमा क्रान्तिकारीका दिनेश शाहीले २ सय ४२ मत ल्याएर विजयी भए ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मर्यादा विष्टले २ सय ४७ मत ल्याएर विजयी भइन्। सदस्यमा विजयी नेविसंघकी भुवनेश्वरी भट्टले २ सय ७७ मत, विरेन्द्र चन्दले २ सय ७५ मत र कृष्ण बोहराले २ सय ६० मत पाए। सदस्य पदमा विजयी क्रान्तिकारीका विजेन्द्रसिंह धामीले २ सय ४८, विमला सोतीले २ सय ४५ मत पाइन्। अनेरास्ववियुकी जानकी अवस्थीले २ सय ५५ मत पाएर विजयी भइन्।
महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अखिल र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ।

Dainikee.com

Popular Posts