आज हिन्दू महिलाहरुले परम्परागत हरितालिका अर्थात तीज पर्व मनाउँदैछन् । नेपाली महिलाहरूको महान चाड तीज पर्व समय अनुसार परिवर्तन हुँदैछ । समयसगै विभिन्न राजनीतिक पार्टी, तिनका भातृ सङ्गठन, विद्यालय, क्याम्पस, महिला सङ्घ संस्था, सरकारी निकाय, महिला समूहलगायतले सामूहिक दर खाने र खुवाउने, नाच्ने क्रम मुलुकका विभिन्न भागहरूसँगै उपत्यकामा बढेको छ ।

पहिला दर खाने दिन भनेर तीजको अघिल्लो दिन मात्रै खाने परिकारमा खीर प्रमुख थियो । महिलाहरू त्यसदिन राति १२, १ बजे उठेर समेत दर खाई भोलिपल्ट ब्रत बस्थे । तर समयसँगसँगै दरका परिकारमा पनि परिवर्तन आएको छ ।
साँस्कृतिक पक्ष
परापूर्वकालमा महादेव स्व्ाामी पाउँ भनी पार्वतीले निराहार ब्रत बसेको र महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा विवाहित महिला आफ्नो श्रीमानको दीर्धायू तथा सुस्वास्थ्यको कामना गर्दै एव्म अविवाहिताहरू भ्ाने सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गरेका छन् । तीजको व्रत बसेको मध्यरातमा महादेवको पूजा गर्ने परम्परा रहिआएको छ ।

भारतीय हिन्दु महिलाहरूले पनि यस्तै कामना गर्दै तीज मनाउने गर्दछन् । भारतमा राजपुत क्षेत्री महिलाको बाहुल्यता रहेको राजस्थानमा तीज बिशेष महत्वका साथ मनाइन्छ । यसका साथै उत्तर प्रदेश, मध्य प्रदेश र हिन्दुहरूको बाहुल्यता बढि भएका प्रदेशहरूमा पनि तीज मनाउने गरिन्छ ।
यो निकै रमाइलो, उन्मुक्त र उल्लाशमय पर्वभएकोले यसप्रति गैर हिन्दु महिलासमुदाय पनि आकषिर्त हुँदै गईरहेका पाइन्छन् । फलस्वरूप व्रत नवसे पनि तीजको अवसरमा रातो पहिरन, नाचगान र स्वादिष्ट भोजनमा समुहिक रूपमा रमाउने महिलाहरूको सँख्या हरेक वर्षबृद्धि भईरहेको छ ।
तीज पर्वको महत्व

हिन्दू महिलाहरूका लागि तीज पर्व धार्मिक एवम् साँस्कृतिक महत्व बोकेको पर्व हो । विगतका दिनहरूमा विवाहित महिलाका लागि माईती जाने, राम्रो लाउने, मीठो खाने दिन भनेको तीज नै थियो ।आफू जन्मे हर्ुकेको माइतीको भूमिमा टेक्दाको खुसी महिलामा छुट्टै हुन्थ्यो । तर आज समयसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दै गएका छन् र सोही अनुसार उनीहरूको शैली र संँस्कृतिमा पनि परिवर्तन भईरहेको छ ।