उपराष्ट्रपति द्वारा लिइएको हिन्दि भाषाको शपथ संवन्धि रिटमा सर्वोच्च अदालतद्वारा दिइएको फैसलाको पुर्णपाठ
श्री सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मीन वहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. आदेश सम्बत् २०६५ सालको रिट नं. ०६५-wo-०००६ विषयः- उत्प्रेषणयुक्त परमादेश । काठमाडौं जिल्ला काठमाडों महानगरपालिका वडा नं. ३२ बस्ने अधिवक्ता बालकृष्ण न्यौपाने ………………………………………………………. निवेदक विरुद्ध राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रपतिको कार्यालय, सितल निवास ……………..१ विपक्षी उपराष्ट्रपति परमानन्द झा, उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन ……………. १ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ………. १ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं १०७ (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको टिपोट र आदेश यस प्रकार छः- म निवेदक कानून व्यवसायीको रुपमा काम गरेको र संवैधानिक, कानूनी एवं सार्वजनिक सरोकारको विषयमा अदालतबाट शान्तिपूर्ण रुपमा विवाद समाधान गराउन प्रयत्नशिल रहेको एक नेपाली नागरिक हुं । सार्वभौम नेपाली जनताले संविधान बमोजिम निर्वाचित भएका राष्ट्रपति र उपराष...