अपहरण गरेर शरीर टुक्राटुक्रा गरी देशका विभिन्न भागमा फ्याँक्ने कसैले कल्पना पनि गर्न नसक्ने खालको क्रुर अपराध। ती अपराधीलाई फाँसीको सजाय दिनुपर्ने माग सर्वसाधारणले गरिरहेका छन्। हिजो काठमाडौँ जिल्ला अदालतमा बयान दिने क्रममा सर्वसाधारणको आक्रोशको तारो बनिरहेका वीरेन आफैले पनि भनेछन्- हो, मैले अपराध गरेको हुँ। मलाई फाँसीको सजाय दिनू।
यद्यपि नेपालमा फाँसीको सजायँ दिने कुनै कानुन छैन। उनलाई सबैभन्दा बढी सजायँ हुने भनेको सर्वस्वसहित जन्मकैद हो। अहिले उनी अदालतको आदेश अनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्। तर सहअभियुक्त मेरिना शाक्यले भने हत्यामा संलग्न भएको आरोपलाई अस्वीकार गरिन् र भनिछिन्- यदि मलाई निर्दोष छँदाछँदै सजाय दिइयो भने म साँच्चिकै अपराधी बन्नेछु।
ख्याती हत्याको विभत्स कथा मिडियामा छाएपछि हत्याराविरुद्ध जनआक्रोश चुलिएको छ। अनुसन्धानका लागि म्याद थप्ने क्रममा पहिलो पटक सार्वजनिक हुँदा नै भीडले वीरेन र सहअभियुक्त बनाइएका मेरिनामाथि आक्रमण गरेका थिए। अदालत कै कर्मचारीले पनि बुधबार वीरेनमाथि हातपात गरेपछि बिहीबार अदालतमा स्थिति नियन्त्रणमा लिन कम्ता गार्हो परेन।
प्रहरीले सुनुवाई चलिरहँदा कर्मचारी र वकीलहरुलाई समेत भित्र जान दिएका थिएनन्। बार अध्यक्ष विश्वकान्त मैनालीलाई पनि इजलासभित्र जान निकै बेर कुर्नुपरेको थियो। उनको सुनुवाई चल्दा अदालतमा अर्को कुनै पनि मुद्दा सुनुवाई भएको थिएन। त्यसैले इजलासमा कसले के बयान दिए भन्ने जानकारी त्यहाँ भित्र रहेका सीमित कानुन व्यवसायी र ख्यातीका आफन्तमार्फत् आएको हो।
वीरेनले आफ्नो बयानको क्रममा मेरिनाको बचाउ गर्न खोजेका थिए। प्रहरीलाई बयान दिने क्रममा वीरेनले ख्यातीलाई स्लिपिङ ट्याब्लेट खुवाएको बताए पनि इजलासमा भने त्यसो नगरेको बताए। यद्यपि रडले हानेर ख्यातीको हत्या गरेको भने उनले स्वीकारे।
वीरेन र मेरिनाको बयानपछि ख्यातीका परिवारको तर्फबाट गोपाल पोखरेल र रन्जितभक्त प्रधानाङ्गले बहस गरेका थिए। अभियुक्त दुई जनाको पक्षबाट भने कसैले पनि बहस गरेनन्। अदालतबाहिर ख्यातीको पक्षमा आक्रोशित भीड देखेपछि कसैले पनि उनीहरुको पक्षमा बहस गर्न नसकेका हुन्।
न्यायाधीश भुपेन्द्रप्रसाद राईको इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। अन्तिम फैसला नभएसम्म उनीहरु थुनामै रहने छन्।
Source: MeroSansar
यद्यपि नेपालमा फाँसीको सजायँ दिने कुनै कानुन छैन। उनलाई सबैभन्दा बढी सजायँ हुने भनेको सर्वस्वसहित जन्मकैद हो। अहिले उनी अदालतको आदेश अनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्। तर सहअभियुक्त मेरिना शाक्यले भने हत्यामा संलग्न भएको आरोपलाई अस्वीकार गरिन् र भनिछिन्- यदि मलाई निर्दोष छँदाछँदै सजाय दिइयो भने म साँच्चिकै अपराधी बन्नेछु।

प्रहरीले सुनुवाई चलिरहँदा कर्मचारी र वकीलहरुलाई समेत भित्र जान दिएका थिएनन्। बार अध्यक्ष विश्वकान्त मैनालीलाई पनि इजलासभित्र जान निकै बेर कुर्नुपरेको थियो। उनको सुनुवाई चल्दा अदालतमा अर्को कुनै पनि मुद्दा सुनुवाई भएको थिएन। त्यसैले इजलासमा कसले के बयान दिए भन्ने जानकारी त्यहाँ भित्र रहेका सीमित कानुन व्यवसायी र ख्यातीका आफन्तमार्फत् आएको हो।
वीरेनले आफ्नो बयानको क्रममा मेरिनाको बचाउ गर्न खोजेका थिए। प्रहरीलाई बयान दिने क्रममा वीरेनले ख्यातीलाई स्लिपिङ ट्याब्लेट खुवाएको बताए पनि इजलासमा भने त्यसो नगरेको बताए। यद्यपि रडले हानेर ख्यातीको हत्या गरेको भने उनले स्वीकारे।
वीरेन र मेरिनाको बयानपछि ख्यातीका परिवारको तर्फबाट गोपाल पोखरेल र रन्जितभक्त प्रधानाङ्गले बहस गरेका थिए। अभियुक्त दुई जनाको पक्षबाट भने कसैले पनि बहस गरेनन्। अदालतबाहिर ख्यातीको पक्षमा आक्रोशित भीड देखेपछि कसैले पनि उनीहरुको पक्षमा बहस गर्न नसकेका हुन्।
न्यायाधीश भुपेन्द्रप्रसाद राईको इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। अन्तिम फैसला नभएसम्म उनीहरु थुनामै रहने छन्।
Source: MeroSansar
Comments
Post a Comment
Give Your Comments