काठमाडौं, ३१ जेठ
राष्ट्रपति र उपराष्ट्रपतिका किचनदेखि ट्वाइलेटसम्मका सामानका लागि सरकारले एक वर्षमा करिब दुई करोड खर्चेको छ । सरकारले राष्ट्रपतिलगायतका भिआइपीहरूका लागि साबुनदेखि, हर्पिक, ट्वाइलेटपेपरको खर्च मासिक रूपमा दिँदै आएको छ ।
'राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा आवास व्यवस्थापनमा एक वर्षमा एक करोड ८६ लाख रुपैयाँ खर्च भएको छ,' भवन निर्माण सम्भार डिभिजन कार्यालयका लेखा अधिकृत दीपक महर्जनले भने । यो खर्चमा फर्निचर र उपकरणको खर्च समेटिएको छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिले आयोजना गरेका विभिन्न भोज तथा उनीहरूको भोजनका लागि भएको खर्चको हिसाब छुट्टै छ ।
राष्ट्रपति यादवको कार्यालय तथा आवास दुवै शीतलनिवासमा छ भने उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा छ । उपराष्ट्रपति गौरीघाटस्थित आफ्नै घरमा बस्दै आएका छन् । तर पनि उनले घरभाडाबापत मासिक ५० हजार लिँदै आएको स्रोतले जानकारी दियो । राष्ट्रपति यादव र उपराष्ट्रपति झा गत साउनमा निर्वाचित भएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा निवासको व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयका अनुसार एक वर्षमा राष्ट्रपतिको आवास व्यवस्थापनमा २६ लाख पाँच हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, राष्ट्रपति कार्यालय व्यवस्थापनमा ४८ लाख ७२ हजार खर्च भएको छ । यस्तै, उपराष्ट्रपतिको कार्यालयमा एक वर्षमा २७ लाख १४ हजार र निवास व्यवस्थापनमा दुई लाख ८२ हजार रुपैयाँ खर्च भएको छ ।
कार्यालय र आवासमा फर्निचर, मेसिनरी र सरसफाइ सामग्री खरिदमा यो रकम खर्च भएको हो । कम्प्युटरलगायतका उपकरण किन्न राष्ट्रपतिको कार्यालयमा २५ लाख २४ हजार र उपराष्ट्रपति कार्यालयमा २० लाख ६९ हजार रुपैयाँ खर्च लागेको छ । भवन निर्माण सम्भार डिभिजन कार्यालका अनुसार राष्ट्रपति र उपराष्ट्रपति मात्र होइन, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशका लागि सरसफाइ सामग्री खरिदमा मात्रै झन्डै मासिक एक लाख रुपैयाँ खर्च हुने गरेको छ । 'भिआइपीको निवासबाट महिनैपिच्छे दोहोर्याई-तेहेर्याई त्यस्ता सामग्री खरिद गरिदिन पत्र आउँछ,' कार्यालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, 'जतिपटक आदेश आए पनि नाइँनास्ती गर्न पाइँदैन, भिआइपीको आदेश मान्नैपर्यो ।' उनका अनुसार एकजनाको मासिक २० हजारसम्मको बिल आउने गरेको छ ।
सागर पण्डित/नयाँ पत्रिका

Comments
Post a Comment
Give Your Comments