
अहिले झ्याम्म दिन्छु अनिः कटवाललाई यस्तै रिस उठिरहेको होला
अकस्मात् पूरै देश सेनामय हुन पुगेको छ। सोमबार सरकारले प्रधानसेनापतिलाई स्पष्टीकरण दिन पत्र काटेदेखि गएको यो भूँइचालो मंगलबार दिनभर कायम रह्यो। आखिर सेनामा माओवादीले गर्न खोजेको चाहिँ के रहेछ ? तपाईँलाई थाहा छ ? थाहा छैन भने आउनुस् थाहा पाउनुस् के रहेछ भित्री कुरा।
पहिलो कुरा, माओवादीले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउन चाहेकै हुन्। कटवालले राजीनामा दिए सजिलो हुन्थ्यो भन्ने उसले चाहेको थियो। त्यसो गरे राजदूत वा राम्रो पद पुरस्कार दिने भनी माओवादीले लोभ्याएका पनि थिए। तर कटवाल मानेनन्। त्यसपछि माओवादीले कानुन बमोजिम उनलाई बर्खास्त गर्न सोमबार २४ घण्टे स्पष्टीकरण पत्र ठमाएको हो।
अब यहाँ प्रश्न उठ्छ, कटवालसित त माओवादीको पुरानै दुश्मनी थियो। अहिले नै किन कटवाललाई हटाउन मरिहत्ते गरेका त माओवादीले ?
Mero Sansar