
नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ
नेपाललाई के गरें मैले सोच्न थालिदेऊ
सृष्टिको बिहान सृजना गर्ने शिव त्यो तिम्रै हो
विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो
विश्वको शिखर उठाइदिने सगर त्यो तिम्रै हो
हिरा र मोती फलाइदिने धरती त्यो तिम्रै हो
मेची र काली, गण्डकी, कोसी सबै त्यो तिम्रै हो
विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग त्यो तिम्रै हो
चन्द्र र सूर्य हाँसेर बस्ने यो झन्डा तिम्रै हो
गुराँसमाथि डाँफेले नाच्ने यो देश तिम्रै हो
शब्द - विश्व वल्लभ
स्वर - पुष्प नेपाली, फत्तेमान
संगीत - फत्तेमान

मेरो देश
पानि बग्ने खोलाहरुमा, रगत बगी दिन्छ किन
अन्न झुल्ने पाखाहरुमा चिहानहरु खनिन्छ किन
मेरो देशको आकाशमा उडिदीन्छ धुँवा किन
अङ्गालेर अहिंसालाई अझै कति युध्द गर्ने
विसीर्यर मानवतालाइ अझै कति मार्ने मर्ने
मेरो देशको आकाशमा उडिदीन्छ धुँवा किन
पन्छाएर तगारोलाइ अब अघी वड्नु पर्छ
स्वर्ग बन्छ हाम्रो नेपाल नव निमार्ण गर्नु पर्छ
मेरो देशको आकाशमा उडने छैन धुँवा अब
पानि बग्ने खोलाहरुमा, रगत बग्नु हुन्न अब
अन्न झुल्ने पाखाहरुमा चिहानहरु खनिनु हुन्न अब
मेरो देशको आकाशमा उडने छैन धुँवा अब
Ashok Shakya
Dharan

नेपाललाई के गरे मैले?”सर्वप्रथम त बिदेशीको दलाल भए”!
नेपाललाई के गरे मैले?”प्रजातंत्रको नाममा अकूत सम्पति कमाए”!
नेपाललाई के गरें मैले?”भ्रष्ट्चारै भ्रष्ट्चारको सन्जाल फिन्जाएर देशै धुस्ना बनाए”
नेपाललाई के गरे मैले?”संसारमा माग्ने र थांगने बनाए”
नेपाललाई के गरें मैले?”देशको बिकाश होईन आफ्नै बिकाश गरें”
नेपाल लाई के गरें मैले?”दात्री राष्ट्रहरुले दिएको अनुदान बिकाशमा होईन आफ्नो बैंक खात्मा जम्मा गरें”
नेपाल लाई के गरे मैले?प्रजातंत्रको नाममा चोर,जाली फटाहालाई समाबेश गराई ब्रम्हलुट गर्न सम्म गरे”
नेपाललाई के गरे मैले?गर्नु गरें कोशी,गण्डक,टनकपुर,महेशपुर,सुस्ता,लाउडा,धमीजा,को बिकाश गरें,कही कतै बाट स्याबासी पाईन,सरकारमा आए भने चाँडो भन्दा चाँडो कर्णाली,सेती,नारयणीको पनि तह लगाउने पक्ष मा छू”त्यति मात्र कंहा हो र देशै तह लगाउने हिशाव किताव मा छू” ईति श्री
By AK Merosansar

Comments
Post a Comment
Give Your Comments