
सोमबार प्रधानसेनापतिलाई स्पष्टीकरणका लागि पत्र पठाएदेखि छिमेकी देश भारतका राजदूत राकेश सूद पनि बेचैन छन्। सूद यसै पनि कडा मिजासका व्यक्ति हुन्। एक पटक लैनचौरको भारतीय राजदूतावास भवनभित्र एक गार्डले उनको कार्यकक्षमा सजाउनका लागि भित्तामा झुण्ड्याइएको मूर्ति सफा गर्न खोज्दा खसेर दुई टुक्रा भएछ। त्यसपछि त अहोहो, सूद यस्तो पड्के नि। दूतावासका कर्मचारीहरु सब थर्कमान। ‘भोलि बिहानसम्म मलाई यो जस्ताको तस्तै चाहिन्छ। जस्तो थियो त्यस्तै भित्तामा झुण्डिएको हुनुपर्छ’ भनेर जंगिएपछि एक हप्ता ती बिचरा गार्डलाई ज्वरो आयो रे।
प्रधानसेनापतिको कुरामा पनि भारतबाट आएको निर्देशनका कारण सूदको व्यस्तता भ्याइनसक्नुको छ। सोमबार, मंगलबार दिउँसो र साँझ गरी तीन पटक भेटिसके सूदले प्रधानमन्त्रीलाई। मंगलबार दिउँसो भेटपछि ‘ज्वरो आएर’ मन्त्रिपरिषद्को बैठक स्थगित भएको थियो। स्थगित भएपछि फेरि सूद बालुवाटार छिरेका थिए। बालुवाटार सूत्रबाट प्राप्त जानकारी अनुसार हरेक भेटमा सूदले प्रधानमन्त्रीलाई थर्काउने गरेका छन्।
Comments
Post a Comment
Give Your Comments