- पर्शुराम काफ्ले/नयाँ पत्रिका दरबार हत्याकान्डको बारेमा हिजो प्रकासित नयाँ पत्रीकामा छापिएको यो समाचारको प्रती अहिले बजारमा नपुग भएको छ । त्यसैले हामी अनलाइनमा उक्त पत्रीकाबाट सभार गरेका छौ'-समपादक नारायणहिटी हत्याकान्डका एक 'प्रत्यक्षदर्शी'ले दीपेन्द्र शाहको नकाव लगाएका व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, 'दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।' आफूलाई नेपाली सेनाको तत्कालीन हवल्दार र दरबार हत्याकान्डका प्रत्यक्षदर्शी बताउने लालबहादुर लम्तेरी मगरको बयान हरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्र...